Rumpum Advertisement

रुघाखोकी तथा घाँटी दुख्ने समस्यामा एन्टिबायोटिकभन्दा मह फाइदाजनक

Neuro Revised Adv
Koshi Dashain ad
रुघाखोकी तथा घाँटी दुख्ने समस्यामा एन्टिबायोटिकभन्दा मह फाइदाजनक

विराटनगर, २८ असोज । रुघाखोकी तथा घाँटी दुख्ने समस्याका लागि महको सेवन उत्तम हुन सक्ने बताइन्छ ।

मह लामो समयदेखि रुघा र खोकीको लागि घरेलु उपचारका रूपमा प्रयोग हुँदै आएको छ । सजिलो रूपमा उपलब्ध हुने मह सस्तो र यसको कुनै साइड इफेक्ट पनि हुँदैन । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकका अनुसार चिकित्सकले प्रायः रुघाखोकी जस्ता संक्रमणहरूको लागि दिने एन्टिबायोटिकको विकल्पमा मह सिफारिस गर्न सकिन्छ ।

माथिल्लो श्वास नलीको संक्रमणले नाक, घाँटी तथा भ्वाइस बक्सलाई असर गर्छ । वयस्कमा माथिल्लो श्वास नलीको लक्षणहरूको दायराका लागि महको प्रभावकारिताको प्रमाण व्यवस्थितरूपमा समीक्षा नभए पनि बच्चाहरूमा महको प्रयोगको प्रमाण छ । तर, एनएचएसले व्याक्टेरियल संक्रमणको खतराका कारण एक वर्षभन्दा कमलाई मह दिन नहुने चेतावनी दिएको छ ।

बीएमजे एभिडेंस बेस्ड मेडिसिन पत्रिकामा माथिल्लो श्वासप्रश्वाससम्बन्धी संक्रमण भएका प्रायलाई एन्टिबायोटिक लिन सल्लाह दिइन्छ । अध्ययनले लक्षणहरू सुधार गर्नका लागि मह, सामान्य एन्टिबायोटिकको तुलनामा बढी प्रभावकारी थियो । महको उपचार गर्नेमा लक्षण एकदेखि दुई दिनसम्म कम रहेको दुई अध्ययनले देखायो ।

अन्वेषकले दिएको सुझावअनुसार डाक्टरले माथिल्लो श्वास नलीमा देखिने लक्षणको सुरक्षितरूपमा उपचार गर्न चाहे महले वैकल्पिक विकल्प प्रदान गर्न सक्छ । मह घरेलु उपचारमा धेरै प्रयोग गरिने हुन्छ र बिरामीलाई यसबारे राम्रोसँग थाहा हुन्छ । एन्टिबायोटिकको विकल्पको रूपमा महको सेवन गर्न सकिन्छ । मह सामान्य हेरचाह विकल्पभन्दा कम हानिकारक र यसले एन्टिमाइक्रोबियल प्रतिरोधको माध्यमबाट हुने हानीबाट पनि बचाउँछ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ