Rumpum Advertisement

दिल्ली र राजस्थान भिड्दै, दुवैको लक्ष्य महत्त्वपूर्ण दुई अंक

Neuro Revised Adv
Koshi Dashain ad
दिल्ली र राजस्थान भिड्दै, दुवैको लक्ष्य महत्त्वपूर्ण दुई अंक

विराटनगर, २८ असोज । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को अंकतालिकाको दोस्रो स्थानको दिल्ली क्यापिटल्सले सातौ स्थानमा रहेको राजस्थान रोयल्ससँग आज खेल्दैछ ।

बेलुकी ७ः४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेलमा दुवै टोलीको लक्ष्य महत्वपूर्ण दुई अंक बटुल्ने हुनेछ । आफ्ना सुरुआती दुई खेल जित्दै आईपीएलमा गतिलो सुरुआत गरेका यी दुवै टोली तेस्रो खेलमा पराजित भएका थिए ।

दिल्ली हैदराबादसँग र राजस्थान कोलकतासँग पराजित हुँदै जितको ह्याट्रिक गर्नबाट चुकेका थिए । तर हारपछि दिल्ली फर्ममा फर्किसकेको छ भने राजस्थानले लय फर्कन सकिरहेको छैन ।

तेस्रो खेलमा हार भोगेपछि आ–आफ्ना चार खेल खेलिसकेका दुई टोलीमध्ये दिल्लीले तीन खेलमा जित दर्ता गराएको छ भने राजस्थान एक खेलमा मात्रै विजयी भएको छ । दिल्ली पछिल्लो पटक आफ्नो सातौं खेलमा मुम्बईसँग पराजित भएको छ भने राजस्थानले पहिलो राउण्ड रोबिनको अन्तिम खेलमा हैदराबादलाई पराजित गर्दै लयमा फर्किएको संकेत गरेको छ ।

तर, यी दुईमध्ये आजको खेलमा को सफल हुने हो त्यसको छिनोफानो आजको खेलको नतिजाले गर्नेछ । त्यसो त यी दुईले जारी प्रतियोगितामा एकअर्काविरुद्ध भिड्न लागेको यो दोस्रो पटक हो ।

पहिलो राउण्ड रोबिन लिगअन्तर्गत आईपीएलको १२औं खेलमा यी दुई टोली दुबई रंगशालामा नै आमनेसामने भएका थिए । सो खेलमा दिल्लीले राजस्थानलाई ४६ रनले पराजित गरेको थियो ।

त्यसैले पनि आजको खेल यी दुईका लागि केही खास हुनेछ । राजस्थान दिल्लीलाई आईपीएल २०२०को दोस्रो भेटमा हार चखाउँदै अंक तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ । यता, दिल्ली भने राजस्थानलाई दोस्रो पटक पाखा लगाउँदै आईपीएल अंकतालिकाको शीर्ष स्थानमा उक्लने दाउमा हुनेछ ।

हेड–टु–हेड

आईपीएलमा यसअघि नै यी दुई टोलीबीच २१ पटक भेट भइसकेको छ । २१ मध्ये राजस्थानले एघार खेल जितेको छ भने दिल्ली १० पटक मात्रै सफल भएको छ । आजको खेल जित्दै दिल्लीलाई हेड–टु–हेडमा बराबरी गर्ने सुवर्ण मौका छ भने राजस्थानलाई अग्रता लिँदै अघिल्लो हारको बदला लिने अवसर छ ।

आईपीएल २०२० को नतिजाबाहेक यी दुईका पछिल्ला चार भेटको नतिजाले पनि राजस्थानविरुद्ध दिल्ली बलियो स्थितिमा रहेको देखाउँछ । २०१८ र १९ आईपीएलमा चार खेल खेलेका यी दुईमध्ये दिल्लीले तीन खेल आफ्नो पक्षमा पारेको छ ।

पछिल्ला पाँच खेलमा दिल्लीसामु निरीह बनेको राजस्थानले आजको खेल जित्दै के प्रतियोगितामा र दिल्लीविरुद्धको बाउन्स ब्याक गर्ला ? यो प्रश्नको जवाफ हामी आजको खेलबाट पक्कै पाउनेछौं ।

दुबई रंगशालामा यी दुईका हालसम्मको प्रदर्शन

आज खेल हुने दुबई रंगशालाका लागि राजस्थानभन्दा दिल्ली अनुभवी टोली हो । हालसम्म दुबई रंगशालामा दिल्लीले आफ्ना पाँच खेल खेलिसकेको छ भने राजस्थानले तीन खेल मात्रै खेलेको छ ।

दुबई रंगशालामा दिल्लीले खेलेका पाँचमध्ये चार खेलमा जित निकालेको छ । जारी आईपीएलमा पहिलो हार भोग्ने क्रममा हैदराबादसँग यसै रंगशालामा चार रनको झिनो अन्तरले पराजित हुनुबाहेक दिल्लीले अन्य खेलमा पराजय भोगको छैन ।

राजस्थानले भने जारी आईपीएलमा दुई र २०१४ आईपीएलमा एक गरी यस रंगशालामा तीन खेल खेलिसकेको छ । तीनमध्ये दुई खेलमा पराजित भएकाले पनि राजस्थान केही दबाबमा रहनेछ ।

तर दुबई रंगशालामा पहिलो जित दर्ता गर्ने क्रममा राजस्थानले जारी आईपीएलको आफ्नो सातौं खेलमा हैदराबादलाई यसै रंगशालामा पाँच विकेटले हराएको थियो ।

प्रतियोगितामा बाउन्स ब्याक गर्ने तयारी गरिरहेको राजस्थानले आजको खेलमा निकै फर्ममा रहेको दिल्लीविरुद्ध कस्तो प्रदर्शन गर्ला ? हामी सबैको चासोको विषय बनेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ