Rumpum Advertisement

मोरङमा ५४६० पुगे कोरोना संक्रमित, ५० जनाको मृत्यु, कुन जिल्लामा कति संक्रमित ?

Neuro Revised Adv
Koshi Dashain ad
मोरङमा ५४६० पुगे कोरोना संक्रमित, ५० जनाको मृत्यु, कुन जिल्लामा कति संक्रमित ?

विराटनगर, २८ असोज । कोरोना संक्रमणका कारण मोरङमा ज्यान गुमाउनको संख्या ५० पुगेको छ ।

थप तीनजनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण मोरङमा मृत्यु हुनेको संख्या ५० पुगेको हो । मोरङमा पहिलो पटक १४ साउनमा सुनबर्सी नगरपालिका–८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको थियो । पाँच महिनाको अवधिमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ५० पुगेको हो ।

मृतकमध्ये ३७ पुरुष र १३ जना महिला छन् । मोरङमा मृत्यु भएकामध्ये सबैभन्दा बढी विराटनगर महानगरपालिकाका छन् । विराटनगरमा संक्रमणका कारण ३० जनाको मृत्यु भएको छ ।

बुधबार बिहानसम्म कोरोना संक्रमणका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या ११३ पुगेको छ । मृतकमध्ये मोरङका ५० जना, सुनसरीका ३५ जना छन् ।

त्यस्तै, ताप्लेजुङमा एकजना, झापामा १० जना, धनकुटामा १ जना र उदयपुरमा एकजनाको मृत्यु भएको छ । मृतकमध्ये १५ जना प्रदेश १ बाहिरका छन् ।

कुन जिल्लामा कति संक्रमित ?

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा सबैभन्दा बढी संक्रमित मोरङ जिल्लामा छन् । प्रदेश १ मा ११ हजार १७० जना कोरोना संक्रमित छन् । संक्रमितमध्ये ४८७४ जना संक्रमणमुक्त भएका छन् । ६१८७ सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार मोरङमा ५४६०, सुनसरीमा ३६२९, झापामा १११४ जना कोरोना संक्रमित छन् । उदयपुरमा १८६, इलाममा ११२ जना कोरोना संक्रमित छन् ।

अन्य पहाडी जिल्लामा दोहोरो अंकमा संक्रमित छन् । ताप्लेजुङमा २५ पाँचथरमा ३५, धनकुटामा ७०, तेह्रथुममा ३८, संखुवासभामा ९९, खोटाङमा ४२, भोजपुरमा ४१, सोलुखुम्बुमा १०, ओखलढुंगामा ३४ जना कोरोना संक्रमित छन् । संक्रमितमध्ये २७५ जना प्रदेश १ बाहिरका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ