Rumpum Advertisement

किसानलाई लक्षित गरी लेखिएको ट्वीटका कारण कंगनाविरूद्ध मुद्दा दायर

Neuro Revised Adv
Koshi Dashain ad
किसानलाई लक्षित गरी लेखिएको ट्वीटका कारण कंगनाविरूद्ध मुद्दा दायर

विराटनगर, २८ असोज । बलिउड अभिनेत्री कंगना रनावतविरुद्ध उजुरी दर्ता भएको छ ।

केन्द्रीय फार्म कानूनको विरूद्ध प्रदर्शन गरिरहेका किसानलाई लक्षित गरी कंगनाले गरेको ट्वीटलाई लिएर कर्नाटकमा उनीविरुद्ध उजुरी दर्ता भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार स्थानीय अदालतले दिएको आदेशको आधारमा सोमबार कर्नाटकको तुमाकुरु जिल्लामा पुलिसले मुद्दा दर्ता गरेको हो ।

कंगनाविरुद्ध सामाजिक विभाजन गर्ने, उक्साउने, शान्ति उल्लंघन र अपमान गरेको लगायतका भारतको अपराध संहिता (आईपीसी) को धारा १०८, १५३ (ए) र ५०४ को आधारमा उजुरी परेको हो । वकिल एल रमेश नायकले कंगनाको २१ सेप्टेम्बरमा गरिएको ट्वीटलाई लिएर उजुरी दिएपछि तुमाकुरु जिल्ला अदालतले ९ अक्टोबरमा आरोप दर्ता गर्न भनेको थियो ।

यसअघि पनि कंगनाविरुद्ध देशद्रोहको मुद्दा दर्ता भएको थियो । बलिउड अभिनेत्री कंगना रनावत प्रायः उनको त्रुटीपूर्ण बयानको कारण चर्चामा रहने गर्छिन् । आफूले दिएको टिप्पणीका कारण धेरैचोटी सोसल मिडियामा ट्रोलसमेत हुने गर्छिन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ