Rumpum Advertisement

रोनाल्डोविनाको पोर्चुगललाई स्वीडेनको चुनौती

Neuro Revised Adv
Koshi Dashain ad
रोनाल्डोविनाको पोर्चुगललाई स्वीडेनको चुनौती

विराटनगर, २८ असोज । यूइएफए नेशन्स लिगमा आाज साविकको विजेता पोर्चुगल र स्वीडेनले खेल्दैछन् । समूह चरणको खेलअन्तर्गत पोर्चुगलले आफ्नो मैदानमा स्वीडेनलाई आतिथ्यता दिँदैछ ।

नेपाली समयानुसार राति १२ः३० बजेबाट सुरु हुने उक्त खेलमा दुवै टोली एक–अर्कालाई हराउने दाउमा छन् । पोर्चुगल तेस्रो जितको खोजीमा छ भने स्वीडेन पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिँदैछ ।

लिग ‘ए’को समूह ३ मा पोर्चुगल ७ अंकसहित शीर्ष स्थानमा छ । उसले तीन खेलमध्ये दुईमा जित तथा एक खेलमा बराबरी खेलेको छ ।

यता, अंकविहीन स्वीडेन सो समूहको चौथो स्थानमा छ । यसअघि तीन खेल खेलेको स्वीडेन सबै खेलमा पराजित भएको थियो ।

यसअघि समूह चरणको दोस्रो खेलमा पोर्चुगलले स्वीडेनमाथि २–० गोलको जित निकालेको थियो । सो खेलमा दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए ।

तथापि, आजको खेलमा रोनाल्डो हुनेछैनन् । कोरोना भाइरस संक्रमणका कारण रोनाल्डो होम आइसोलेशनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ