Rumpum Advertisement

भिटामिन डीले कोभिडविरुद्ध सुरक्षा प्रदान गर्छ कि गर्दैन भनेर परीक्षण हुने

Neuro Revised Adv
Koshi Dashain ad
भिटामिन डीले कोभिडविरुद्ध सुरक्षा प्रदान गर्छ कि गर्दैन भनेर परीक्षण हुने

विराटनगर, २८ असोज । भिटामिन डीको सेवनले कोभिडविरुद्ध प्रतिरोधात्मक क्षमता बढाउन सक्छ कि सक्दैन भनेर परीक्षण हुने भएको छ ।

पछिल्ला केही अध्ययनले शरीरमा भिटामिन डीको पर्याप्त स्तरले कोभिड १९ का बिरामीलाई गम्भीर हुनबाट रोक्न सकिने देखाएको थियो । साथै, भिटामिन डीको पर्याप्त स्तरले शरीरको प्रतिरोधात्मक क्षमतामा बढाउन र कोभिड १९ संक्रमणको प्रतिक्रियाविरुद्ध प्रतिरोधात्मक भूमिका निर्वाह गर्ने बताइएको थियो ।

बीबीसीमा उल्लेख गरेअनुसार पछिल्ला अध्ययनको पुष्टि गर्नका लागि परीक्षण गरिने भएको र परीक्षणमा भाग लिने स्वयम्सेवकको खोजी भइरहेको छ । परीक्षणका लागि भाग लिनेमा भिटामिनको कमी भए दैनिक ६ महिनासम्मका लागि भिटामिनको औषधि दिने भएको छ । भिटामिन डीको अभाव अधिक उमेरका, अधिक तौल भएका, काला र एशियन मानिस तथा कोभिडको जोखिम भएका सबै समूहमा देखिने गर्छ ।

लन्डनको क्वीन मेरी युनिभर्सिटीका शोधकर्ता टोलीको नेतृत्वमा हुने ट्रायलले नियमित सप्लिमेन्टको तुलनामा भिटामिन डीको अधिक मात्रा प्रयोग गर्ने छ । अध्ययनका प्रमुख अन्वेषक डेभिड जोलिफका अनुसार परीक्षणपछि भिटामिन डीले कोभिडविरुद्ध सुरक्षा प्रदान गर्छ कि गर्दैन भन्ने प्रश्नको निश्चित उत्तर दिन सक्ने सम्भावना राख्छ । भिटामिन डी सप्लिमेन्ट सस्तो, कम जोखिमयुक्त र व्यापकरूपमा पहुँचयोग्य हुन्छन् ।

यदि प्रभावकारी सावित भएको खण्डमा यसले भाइरसविरुद्धको विश्वव्यापी लडाइँमा उल्लेखनीय सहयोग पुर्‍याउन सक्ने उनको भनाइ छ । भिटामिन डी संक्रमण रोक्नका लागि नभएर सामान्य स्वास्थ्य सुधारका लागि दिइन्छ । बेलायतका बासिन्दालाई हिउँदमा भिटामिन डीको स्तर कम हुन सक्ने अवस्थामा औषधिको सेवन गर्न सुझाव दिइएको छ ।

भिटामिन डी सप्लिमेन्ट सुरक्षित छन्, तर प्रत्येक दिन सिफारिस गरिएकोभन्दा बढी सेवन गरे लामो समयसम्म खतरनाक हुन सक्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ