Rumpum Advertisement

संक्रमित एक युवाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
संक्रमित एक युवाको मृत्यु

महोत्तरी, २८ असोज । महोत्तरीको पिपरा गाउँपालिकामा कोभिड–१९ को संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ चाँदनीचोक बस्ने २५ वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।

मिर्गाैला रोगका बिरामी रहेका ती युवकलाई असोज २२ गते भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र जोरपाटीमा उपचार गर्ने क्रममा २३ गते पीसीआर परीक्षण गर्दा २६ गते उनी कोरोना पोजेटिभ भएका थिए । कोरोना पोजेटिभ युवक सिकिस्त बिरामी भएपछि मंगलबार उनको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुर तथा नेपाली सेनाले उनको शव पशुपति आर्यघाटमा व्यवस्थापन गरेको जनाइएको छ । युवकको मृत्युसँगै महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ