Rumpum Advertisement

क्वारेन्टाइनबाट भागेकामा देखियो कोरोना

Neuro Revised Adv
Koshi Dashain ad
क्वारेन्टाइनबाट भागेकामा देखियो कोरोना

विराटनगर, २८ असोज । डोटीमा क्वारेन्टाइनबाट भागेका सात जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

शिखर नगरपालिका–१ कपल्लेकीका सात जना गत सोमबार राति भागेका थिए । पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । नगर स्वास्थ्य संयोजक हरि शाहका अनुसार फरार भएका सबै जनालाई भारतबाट आएपछि क्वारेन्टाइनमा राखिएको थियो ।

स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको दुई दिनपछि केदारेश्वर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएका उनीहरु भागेका हुन् । उनीहरुको स्वाब गत शनिबार संकलन गरिएको थियो । तर जिल्ला अस्पताल डोटीको प्रयोगशालाबाट रिपोर्ट भने भागेपछि पोजेटिभ आएको शाहले बताए ।

उनले रिपोर्ट पोजेटिभ आएकालाई खोजी गरेर ल्याउँदै पुनः क्वारेन्टाइनमा राखिएको जानकारी दिए । संक्रमितका घरका सदस्यहरुलाई पनि बाहिर जान नदिने र पाँच दिनपछि उनीहरुको स्वाब संकलन गर्ने निर्णय भएको उनको भनाइ छ ।

शाहले सुरक्षा अभाव रहेका कारण क्वारेन्टाइनमा बसेकाहरु भाग्ने गरेको बताए ।