Rumpum Advertisement

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा नेपाल पुनः निर्वाचित

Neuro Ad
संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा नेपाल पुनः निर्वाचित

विराटनगर, २८ असोज । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् (एचआरसी) को सदस्यमा नेपाल पुनः निर्वाचित भएको छ।

राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा मंगलबार भएको निर्वाचनमा एक सय ५० भोट प्राप्त गर्दै नेपाल एचआरसी सदस्यमा पुनः निर्वाचित भएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनद्वारा जारी प्रेस विज्ञप्तिमा खुलाइएको छ । निर्वाचित भएसँगै नेपालले तीन वर्षे कार्यकाल (२०२१–२०२३) का लागि पुनः नियुक्त भएको छ ।

यसअघि सन् २०१८ बाट नेपाल यसको सदस्य रहँदै आएको छ। गोप्य मतदान मार्फत् एसिया पेसिफिक क्षेत्रबाट नेपालसहित अन्य तीन देश निर्वाचित भएका छन्। निर्वाचनबाट चीन, पाकिस्तान र उज्वेकिस्तान पनि सन् २०२३ सम्मका लागि १५ सदस्यीय रहने एचआरसीको सदस्यमा निर्वाचित भएका हुन्।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ