Rumpum Advertisement

रतुवामाईमा करेन्ट लागेर युवकको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
रतुवामाईमा करेन्ट लागेर युवकको मृत्यु

विराटनगर, २८ असोज । मोरङ रतुवामाई नगरपालिका–१० सातमेडीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।

घर छेउमा मोटर जडान गर्ने क्रममा करेन्ट लागेर २४ वर्षीय रविन लिम्बूको मृत्यु भएको हो । अचानक करेन्ट लागेर बेहोस भएका उनको उपचारका क्रममा झापाको दमकस्थित लाइफलाइन अस्पतालमा मंगलबार साँझ मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी कवीन्द्रकुमार कार्कीले जानकारी दिए ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।