Rumpum Advertisement

बूढीगंगाका संक्रमितको विराटमा मृत्यु

Neuro Ad
बूढीगंगाका संक्रमितको विराटमा मृत्यु

विराटनगर, २८ असोज । मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ६० वर्षीय पुरुषको बुधबार बिहान १२ः२० बजेतिर मृत्यु भएको हो । अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार मृतकलाई असोज १५ गते कोरोना पुष्टि भएको थियो ।

पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन आइसोलेसनमा भर्ना गरिएका उनलाई बचाउन नसकिएको उनको भनाइ छ । मृतकमा श्वासप्रश्वास र मृगौला सम्बन्धी पुरानै समस्या रहेको जानकारी देवले दिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ