Rumpum Advertisement

नेयमारको ह्याट्रिकमा ब्राजिलको दोस्रो जित

Neuro Revised Adv
Koshi Dashain ad
नेयमारको ह्याट्रिकमा ब्राजिलको दोस्रो जित

विराटनगर, २८ असोज । सन् २०२२ मा हुने फिफा विश्वकपको छनौटअन्तर्गत ब्राजिलले दोस्रो जित दर्ता गरेको छ ।

विश्वकपको दक्षिण अमेरिकी छनौटअन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलले पेरुमाथि ४–२ गोलको जित दर्ता गरेको हो ।

पेरुको मैदानमा ब्राजिललाई जिताउन नेयमारले ह्याट्रिक गोल गरे भने रिचार्लिसनले एक गोल गरे । पेरुका आन्द्रे कारिल्लो र रेनाटो टापियाले एक–एक गोल गरे ।

खेलमा घरेलु टोली पेरुले सुरुआती अग्रता बनाएको थियो । खेलको पाँचौं मिनेटमा कारिल्लोले गोल गर्दै पेरुलाई अग्रता दिलाए ।

खेलको २८औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई बराबरीमा फर्काए ।

५९औं मिनेटमा टापियाले गोल गरेपछि पेरुले पुनः अग्रता बनाएको थियो । तर, ६४औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई खेलमा फर्काए ।

८३औं मिनेटमा ब्राजिलले पुनः पेनाल्टीको मौका पाएको थियो, जसमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए ।

खेलको ८६औं मिनेटमा कार्लोस काकेडा र ८९औं मिनेटमा कार्लोस जाम्ब्रोनाले रातो कार्ड पाउँदै मैदान छोडेपछि पेरु ९ खेलाडीमा सीमित बन्न पुगेको थियो ।

त्यसको प्रत्यक्ष फाइदा उठाउँदै नेयमारले खेलको इन्ज्युरी समयमा गोल गरे । र, ब्राजिललाई ४–२ गोलको जित दिलाए ।

जितसँगै ब्राजिलले दुई खेलबाट ६ अंक जोडेको छ । यसअघि ब्राजिलिले बोलिभियामाथि ५–० गोलको शानदार जित निकालेको थियो ।

पराजित पेरुसँग भने दुई अंक छ । यसअघि उसले पराग्वेसँग २–२ गोलको बराबरी खेलेको थियो ।