Rumpum Advertisement

हेलमेट ‘क्लु’बाट समातिए अपराधी

Neuro Revised Adv
Koshi Dashain ad
हेलमेट ‘क्लु’बाट समातिए अपराधी

विराटनगर, २८ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ मा आफ्नै पसलमा बसेका बेला गत २१ असोजमा जग्गा हेर्ने बहानामा आएका व्यक्तिको कुटपिटबाट ६१ वर्षीय चन्द्रबहादुर योञ्जनको मृत्यु भयो ।

एउटै जग्गा धेरैलाई देखाएको भन्दै एकाएक चन्द्रबहादुमाथि उनीहरुले कुटपिट गरे । उनको उपचारका क्रममा मृत्यु भयो । ती दुई युवा उनले लगाएका सुनका गरगहना लुटेर हिँड्छन् ।

अनुसन्धानका क्रममा अलमलमा परेको प्रहरीले चन्द्रबहादुरको पसलमा रहेको हेल्मेटमा नजर पुग्छ । त्यहाँ रक्स लेखेको हेल्मेट भेटिन्छ । त्यसको आधारमा मोटरसाइकललाई अनुसन्धान गर्दै जाँदा अभियुक्त पक्राउ परे । जुन हेल्मेट प्रहरीका लागि अनुसन्धान ‘क्लु’ साबित हुन्छ । त्यही हेलमेट क्लुबाट प्रहरी सीसीटीभी फुटेज खोज्न थाल्दछ अनि भेटिन्छन् सिन्धुपाल्चोकका २३ वर्षीय रमेश तामाङ र रामेछापका २७ वर्षीय प्रेम तामाङ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपककुमार थापाले आफन्तलाई जग्गा आवश्यक परेको भन्दै ती युवा जग्गा हेर्न पुगेको घटनाको अनुसन्धानका क्रममा देखिएको बताए । उनले सो जग्गा पहिले नै सिन्धुपाल्चोकका ३७ वर्षीय शेर्पा भन्ने कामी लामाले बैना लिएर पास नगरी ठगेको भनेपछि ती युवा थर्काउन भन्दै त्यहाँ पुगेको पाइएको जानकारी दिए ।

महाशाखाका एसपी ईश्वर कार्कीले योञ्जन घाइते भएपछि उनले लगाएका दुई तोलाको सुनको ब्रास्लेट र मोबाइल लुटेर ती युवा भागेको अनुसन्धानका क्रममा देखिएको जानकारी दिए ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार चन्द्रबहादुरलाई कुटपिट गर्ने योजना भने १८ असोजकै हो । सफल नहुँदा दोस्रो पटक भने उनीहरूले २१ असोजमा योजनाअनुसार नै घटना गराएको पाइएको छ ।

घटनामा प्रयोग गरिएको बा९६प ७११४ नम्बरको एनएस २०० पल्सर मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हेलमेटमा लेखिएको रक्स शब्दका कारण घटनामा संलग्न व्यक्ति पक्राउ परेको भन्दै अपरेसनको नाम पनि ‘रक्स’ राखेको छ । आजको राजधानी दैनिकमा समाचार छ