Rumpum Advertisement

जर्मनी र स्वीट्जरल्याण्डले बराबरी खेले

Neuro Revised Adv
Koshi Dashain ad
जर्मनी र स्वीट्जरल्याण्डले बराबरी खेले

विराटनगर, २८ असोज । यूईएफए नेशन्स लिगमा जर्मनी र स्वीट्जरल्याण्डले अंक बाँडेका छन् । मंगलबार राति भएको खेलमा जर्मनी र स्वीट्जरल्याण्डले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

जर्मनीको मैदानमा भएको खेलमा घरेलु टोलीका टिमो वेर्नर, काएइ हाभर्ट्ज र सर्जी ग्नाब्रीले समान १–१ गोल गरे । स्वीट्जरल्याण्डका मारियो गाभ्रान्कोभिकले दुई तथा रेमो फ्रेयुलर एक गोल गरे ।

स्वीट्जरल्याण्डले खेलको पाँचौं मिनेटमा गाभ्रान्कोभिकको गोलमा सुरुआती अग्रता बनाएको थियो । २८औं मिनेटमा वेर्नरले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए ।

२६औं मिनेटमा फ्रेयुलरले गोल गरेपछि स्वीट्जरल्याण्डले पहिलो हाफमा अग्रता बनाएको थियो । ५५औं मिनेटमा हाभर्ट्जले गोल गर्दै जर्मनीलाई पुनः बराबरीमा फर्काए ।

त्यसको एक मिनेट नबित्दै गाभ्रान्कोभिकले गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । ६०औं मिनेटमा ग्नाब्रीले गोल गरेपछि जर्मनी बराबरीमा फर्कियो ।

खेलको इन्ज्युरी समयमा फाबियन स्कारले रातो कार्ड पाएपछि स्वीट्जरल्याण्ड १० खेलाडीमा सीमित बन्न पुग्यो ।

बराबरीसँगै लिग ‘ए’ समूह ४ को जर्मनीले ६ अंक जोडेको छ । ऊ सो समूहको दोस्रो स्थानमा छ । स्वीट्जरल्याण्ड भने दुई अंकसहित चौथो स्थानमा छ ।

गए रात सोही समूहको युक्रेनले स्पेनलाई १–० गोलले हरायो ।