Rumpum Advertisement

नेशन्स लिग : युक्रेनले स्पेनलाई हरायो

Neuro Revised Adv
Koshi Dashain ad
नेशन्स लिग : युक्रेनले स्पेनलाई हरायो

विराटनगर, २८ असोज । यूईएफए नेशन्स लिगमा स्पेन पराजित भएको छ । मंगलबार राति भएको खेलमा स्पेन युक्रेनसँग १–० गोलले पराजित भएको हो ।

युक्रेनको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन भिक्टर ट्यान्कोभले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ७६औं मिनेटमा ट्यान्कोभले गोल गर्दै युक्रेनलाई जिताए ।

हारसँगै स्पेनले २ वर्षमा पहिलोपल्ट पराजय ब्यहाेरेकाे छ । पछिल्लो समय स्पेन सन् २०१८ को नोभेम्बरमा क्रोएसियासँग ३–२ गोलले स्तब्ध भएकाे थियो ।

यता, जितसँगै लिग ‘ए’ समूह ४ मा रहेको युक्रेन ४ खेलबाट ६ अंक जोडेको छ । ऊ सो समूहको चौथो स्थानमा छ । स्पेन भने ७ अंकसहित शीर्ष स्थानमा छ ।

यसै समूहका जर्मनी र स्वीट्जरल्याण्डले ३–३ गोलको बरारी खेलेका छन् ।