Rumpum Advertisement

दशैँ आए पनि चम्केन व्यापार

Neuro Revised Adv
Koshi Dashain ad
दशैँ आए पनि चम्केन व्यापार

विराटनगर, २८ असोज । अचेल उपत्यकामा केही भीडभाड बढे पनि व्यापार भने बढ्न सकेको छैन । यस वर्षको दशैँ तिहार नजिकै आउँदा पनि व्यापार चम्कन नसकेपछि व्यापारी निराश छन् ।

स्थायी घर गोरखाका गणेश भट्टले दशैँका लागि तन्ना तथा कुर्ता बिक्रीका लागि राखे पनि बिक्री नभएको बताए । बाटोमा हिँड्डुल गर्ने व्यक्ति पनि पहिलेभन्दा पातला छन् । आफ्नो अनुभव सुनाउँदै उनले व्यापार पहिलेको दाँजोमा २५ प्रतिशत पनि नभएको बताए । खाद्यान्न बाहेकका वस्तुको अहिले कारोबार न्यून रहेको उनले बताए ।

अहिले सपिङ मलका व्यापारी दिनभर सटर खुला राखेर कहिले पाँच–दस हजार व्यापार गरेर घर फर्किन्छन् भने कहिले व्यापारै नगरी घर फर्कने पनि भएको व्यापारीको अनुभव छ ।

दशैँ नजिकिएसँगै व्यापार पनि होला भन्ने सोचले सामान ल्याए पनि ग्राहक नआउँदा उनीहरू अहिले समस्यामा परेका हुन् । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण नागरिक घरभित्रै भएकाले पनि दशैँको सामान किन्न खासै बजार निस्केका छैनन् । ग्राहकलाई आकर्षण गर्न व्यापारीले विभिन्न सामानमा छुटको व्यवस्था गरे पनि त्यसमा ग्राहकको आकर्षण नभएको कपडा व्यापारी अनिल बर्माले बताए ।

उपत्यकामा मात्रै नभएर यो समस्या मुलुकका सबै सहरहरुको हो । कोरोना न्यून हुँदा व्यापारी निराश बनेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ