Rumpum Advertisement

चेन्नईद्वारा हैदराबाद पराजित

Neuro Revised Adv
Koshi Dashain ad
चेन्नईद्वारा हैदराबाद पराजित

विराटनगर, २८ असोज । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविकको उपविजेता चेन्नई सुपर किंग्सले आफ्नो तेस्रो जित दर्ता गराएको छ । मंगलबार राति आठौं खेल खेलेको चेन्नईले सनराइजर्स हैदराबादलाई २० रनले हराएको हो ।

दुबई रंगशालामा चेन्नईले दिएको १६८ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभर खेल्दा ८ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो ।

हैदराबादका केन विलियमसनले ५७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन् । जोनी बेरस्टले २३ रन जोड्दा प्रियम गार्गले १६ तथा रशिद खानले १४ रन जोडे । यस्तै विजय शंकरले १२ रन बनाउँदा कप्तान डेभिड वार्नर ९ रनमै आउट भए ।

हैदराबादलाई सस्तैमा समेट्न कर्ण शर्मा र ड्वाने ब्राभोले समान २–२ विकेट लिँदा साम कुरान, रवीन्द्र जडेजा र शार्दूल ठाकुरले १–१ विकेट झारे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभर खेल्दा ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो ।

चेन्नईका शेन वाटसनले ४२ रन बनाए भने अम्बाती रायडूले ४१ रन जोडे । यसैगरी साम कुरानले ३१ रन बनाउँदा वीन्द्र जडेजाले अजिवित २५ रन जोडे ।कप्तान महेन्द्र सिंह धोनीले २१ रन जोडे भने दीपक चाहरले अजिवति २ रन बनाए ।

हैदराबादका टी नटराजन, सन्दीप शर्मा र खलील अहमदले समान २–२ विकेट लिए ।

जारी आईपीएलको पहिलो भेटमा चेन्नईलाई हैदराबादले सात रनको झिनो अन्तरले पराजित गरेको थियो ।

जितसँगै चेन्नईले ८ खेलबाट ६ अंक जोडेको छ । ऊ अंक तालिकाको छैटौं स्थानमा छ । हैदराबाद भने समान अंकसहित पाँचौं स्थानमा छ । रन रेटका आधारमा हैदराबाद चेन्नईभन्दा अगाडि छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ