Rumpum Advertisement

इक्वाडरसँग उरुग्वे पराजित

Neuro Ad
Koshi Dashain ad
इक्वाडरसँग उरुग्वे पराजित

विराटनगर, २८ असोज । सन् २०२२ मा हुने फिफा विश्वकपको छनौटअन्तर्गत उरुग्वे पराजित भएको छ । मंगलबार राति भएको विश्वकपको दक्षिण अमेरिकी छनौटअन्तर्गत उरुग्वे इक्वाडरसँग ४–२ गोलले पराजित भएको हो ।

इक्वाडरको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन माइकल स्ट्राडाले दुई गोल गर्दा मोइसेस काइसेडो र गान्जालो प्लाटाले समान एक–एक गोल गरे । उरुग्वेका लुइस स्वारेजले दुई गोल फर्काए ।

खेलको १५औं मिनेटमा काइसेडोले गोल गरेपछि इक्वाडरले सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा स्ट्राडाले गोल गर्दै इक्वाडरको अग्रता दोब्बर बनाए ।

खेलको ५२औं मिनेटमा स्ट्रडाडले दोस्रो गोल गरे भने ७५औं मिनेटमा प्लाटाले गोल गर्दै इक्वाडरलाई ४–० गोलको अग्रता दिलाए ।

खेलको ८४औं मिनेटमा उरुग्वेले पेनाल्टीको मौका पायो, जसमा स्वारेजले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे ।

खेलको इन्ज्युरी समयमा स्वारेजले पुनः पेनाल्टीमा गोल गरेका थिए ।

यससँगै इक्वाडरले पहिलो जित निकालेको छ । यसअघि ऊ अर्जेन्टिनासँग १–० गोलले पराजित भएको थियो । पराजित उरुग्वेसँग पनि ३ अंक छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ