Rumpum Advertisement

अर्जेन्टिनाको लगातार दोस्रो जित

Neuro Revised Adv
Koshi Dashain ad
अर्जेन्टिनाको लगातार दोस्रो जित

विराटनगर, २८ असोज । सन् २०२२ मा हुने फिफा विश्वकपको छनौटअन्तर्गत अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार राति भएको विश्वकपको दक्षिण अमेरिकी छनौटअन्तर्गत अर्जेन्टिनाले बोलिभियामाथि २–१ गोलको जित निकालेको हो ।

बोलिभियाको मैदानमा भएको खेलमा अर्जेन्टिनालाई जिताउन लाउटारो मार्टिनेज र जाओक्वीन कोरेर्राले समान एक–एक गोल गरे । बोलिभियाका लागि मार्सेलो मार्टिन्स मोरेनोले एक गोल गरे ।

खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको २४औं मिनेटमा मोरेनोले गोल गर्दै बोलिभियालाई अग्रता दिलाए ।

४५औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काए ।

खेलको ७९औं मिनेटमा मार्टिनेजकै पासमा कोरेर्राले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।

जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ । यसअघि उसले इक्वाडरमाथि १–० गोलको जित निकाल्दै ३ अंक जोडेको थियो ।

बोलिभिया भने अंकविहीन छ । यसअघि ऊ ब्राजिलसँग ५–० गोलले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ