Rumpum Advertisement

आईपीएल : चेन्नईद्वारा हैदराबादलाई १६८ रनको लक्ष्य

Neuro Revised Adv
Koshi Dashain ad
आईपीएल : चेन्नईद्वारा हैदराबादलाई १६८ रनको लक्ष्य

विराटनगर, २७ असोज । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा साविकको उपविजेता चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई १६८ रनको लक्ष्य दिएको छ ।

दुबई रंगशालामा टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभर खेल्दा ६ विकेटको क्षतिमा १६७ रन बनायो ।

चेन्नईका शेन वाटसनले ४२ रन बनाए भने अम्बाती रायडूले ४१ रन जोडे । यसैगरी साम कुरानले ३१ रन बनाउँदा वीन्द्र जडेजाले अजिवित २५ रन जोडे ।

कप्तान महेन्द्र सिंह धोनीले २१ रन जाेडे भने दीपक चाहरले अजिवति २ रन बनाए ।

हैदराबादका टी नटराजन, सन्दीप शर्मा र खलील अहमदले समान २-२ विकेट लिए ।

जारी आईपीएलको पहिलो भेटमा चेन्नईलाई हैदराबादले सात रनको झिनो अन्तरले पराजित गरेको थियो ।