Rumpum Advertisement

साम्बाको दुखेसो : हाम्रो देशमा खेलकुदको विषयमा बोलिदिने मान्छे भएन

Neuro Revised Adv
Koshi Dashain ad
साम्बाको दुखेसो : हाम्रो देशमा खेलकुदको विषयमा बोलिदिने मान्छे भएन

काठमाडौं, २७ असोज । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले राष्ट्रिय पुरुष टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङलाई समर्थन गरेकी छन् ।

किरणले जस्तै साम्बाले पनि स्वास्थ्यसम्बन्धी मापदण्ड बनाएर खेलकुद गतिविधि सुचारु गर्न माग गरेकी छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा किरणले राष्ट्रिय खेलकुद परिषद (राखेप) र सरकारलाई खुला पत्र लेख्दै खेलकुद गतिविधि सुचारु गर्न माग गरेका थिए । किरणले घच्घच्याएपछि साम्बाले पनि किरणलाई समर्थन गरेकी हुन् ।

साम्बाले खेलाडीको मर्म नबुझ्ने व्यक्ति खेलकुदको सम्बन्धित निकायमा बस्नुको अर्थ नहुने बताउँदै सुटिङको लागि खुला हुने रंगशाला फुटबलका लागि किन बन्द भनेर प्रश्नसमेत गरिन् ।

‘म नेपाली राष्ट्रिय महिला टोलीकी सावित्रा भण्डारी आफ्नो व्यक्तिगततर्फबाट र एन्फाको तर्फबाट सरकारलाई के सम्झाउन चाहन्छु भने फुटबल मात्रै नभएर सम्पूर्ण खेलकुद सबै मापदण्ड पूरा गरी पूर्ण सुचारु गर्न अनुरोध गर्दछु । खेलकुदको र खेलाडीको मर्म नै नबुझे सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो र ?’, उनले लेखेकी छन् ।

‘खेलाडीचाहिँ सधैं काठमाडौंको धुलोमा तपाईंहरूचाहिँ चिल्लो गाडीमा ? यतिका महिना खेलाडी र खेलकुद कुन दूर्दसामा छ । तर, यसमा चासोको विषय नबनाएको देख्दा फुटबलमा भविस्य खोज्ने भाइबैनीहरूमा कतिको असर परेको छ भन्ने कुरा खुलस्त रूपमा देख्न सकिन्छ । सम्पूर्ण देशमा फुटबल सुरु भइसक्दा पनि हाम्रो देशमा खेलकुदको विषयमा बोलिदिने मान्छे भएन । खेलाडीका लागि मात्र होइन खेलकुदका लागि पनि बोलिदिने मान्छे भएन,’ उनले लेखेकी छन् ।

‘सबै देशमा फुटबल सुरु भइसक्दा पनि हाम्रो देशमा खेलमैदानको लागि दुःखद घडीमा बनाएको रंगशालामा फिलिमको सुटिङ र म्युजिक भिडियोको लागि प्रवेश खुला हुने । फुटबलका लागि खेल्नचाहिँ किन नहुने ? फुटबलले देशका लागि त्यति ठूलो असर पार्छ र ? आखिर कहिलेसम्म नेपाली फुटबलको लोकदोहोरी फेसबुकमा हेरेर बस्ने हामीले नेपाली ?’, उनले फेसबुकमा लेखेकी छन् ।

म राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य साबित्रा भण्डारी मेरो आफ्नो व्यक्तीगततर्फबाट र एन्फाकोतर्फबाट सरकारलाई के सम्झाउन…

Posted by Bhandari Sambaa on Tuesday, October 13, 2020

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ