Rumpum Advertisement

अब एन्टिजेन विधिबाट पनि कोरोना परीक्षण

Neuro Revised Adv
Koshi Dashain ad
अब एन्टिजेन विधिबाट पनि कोरोना परीक्षण

काठमाडाैं, २७ असाेज । सरकारले अब एन्टिजोन विधिबाट पनि कोरोना भाइरस परीक्षण गर्ने भएको छ ।

राष्ट्रिय कोभिड—१९ परीक्षण मापदण्ड २०७६ लाई संशोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन विधिबाट कोभिड—१९ को परीक्षण गर्न थालेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यस विधिबाट परीक्षण शुल्क एक हजार मात्र तोकिएको छ । मन्त्रालयले पछि यसको समयानुकल परिमार्जनसमेत गर्नेछ ।

रिएजेन्ट परीक्षणको रिर्पोट पोजेटिभ आएका काठमाडौँ उपत्यकाको हकमा इपिडिमियोलेजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, सम्बन्धित कार्यालय र व्यक्तिलाई तथा नेगेटिभ रिर्पोट आएमा सम्बन्धित व्यक्तिलाई दिनुपर्ने उनले बताए ।

उनका अनुसार कोभिड—१९ एन्टिजेन परीक्षणका लागि एफडिए युएई मान्यता प्राप्त किट र स्वास्थ्य सेवा विभागबाट मान्यता प्राप्त गरेका किटमात्र सूचीकृत हुनु पर्नेछ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालको अनुमति प्राप्त गरेका प्रयोगशालाले मात्र एन्टिजेन परीक्षण गराउने पाउनेछन् । रासस

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ