Rumpum Advertisement

सुन्दरहरैंचाकी संक्रमित महिलाको विराटनगरमा मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
सुन्दरहरैंचाकी संक्रमित महिलाको विराटनगरमा मृत्यु

विराटनगर, २७ असोज । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ घर भएकी कोरोना भाइरस संक्रमित एक महिलाको विराटनगरमा मंगलबार साँझ मृत्यु भएको छ ।

उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा ४९ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालले साँझ ७ बजेतिर उनको मृत्यु भएको जानकारी दिए ।

मृगौलाको डाइलासिस गर्नका लागि भन्दै आइतबार बिहान महिलालाई अस्पताल भर्ना गरिएको उनको भनाइ छ ।

श्वासप्रश्वासको समस्या रहेकी महिलाको स्वाबको पीसीआर परीक्षण गराउँदा बेलुका रिपोर्ट पोजेटिभ आएको दाहालले बताए ।

कोरोना पुष्टि भएपछि थप उपचारका लागि नोबेलकै कोभिड अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा महिलाको मृत्यु भएको उनको भनाइ छ ।

प्रबन्धक दाहालले महिलामा मधुमेह, उच्च रक्तचाप र मृगौलाको पुरानै समस्या रहेको जानकारी दिए ।