Rumpum Advertisement

विराटमा दुई वर्षीय बालकको मृत्यु, लापरवाही गरेको आफन्तको आरोप

Neuro Revised Adv
Koshi Dashain ad
विराटमा दुई वर्षीय बालकको मृत्यु, लापरवाही गरेको आफन्तको आरोप

विराटनगर, २७ असोज । विराट नर्सिङ होम (विराटनगर अस्पताल) मा उपचाररत दुई वर्षीय बालकको मृत्यु भएको छ । मंगलबार सिराहको मानपुर खरसलवा गाउँपालिका घर भएका २ वर्षीय सिद्धार्थ सदा (मुसर) को मृत्यु भएको हो ।

बालकको मृत्युपछि आफन्तले अस्पतालले लापरवाही गरेको आरोप लगाएका छन् । सुनितादेवी सदाले छोरा सिद्धार्थको आन्द्रामा समस्या देखिएपछि सिराहको आरके मेडिसिटी हस्पिटल लगेकी थिइन् । सो अस्पतालले सामान्य उपचार गरेपछि थप उपचारको लागि विराट नर्सिङ होममा रिफर गरेको थियो ।

१५ असोजमा विराट नर्सिङ होममा भर्ना गरिएको बालकको आन्द्रा फुटेको भन्दै अस्पतालले पहिलो पटक शल्यक्रिया गरिदियो । अस्पतालका सर्जन डा. आर. के. सिंहले बालकको शल्यक्रिया गरेका थिए ।

पहिलो पटक शल्यक्रिया गरेपछि सिद्धार्थले शौच गर्न सुरु गरेका थिए । शल्यक्रिया गरेको एक सातापछि पुनः स्वास्थ्यमा समस्या देखिएपछि पुनः २३ असोजमा शल्यक्रिया भएको थियो ।

दोस्रो पटक शल्यक्रिया गरेका बालकको सोमबार साँझ बालकको मृत्यु भएको हो । मृत्युपछि आफन्तले अस्पतालको लापरवाहीका कारण मृत्यु भएको बताए ।

अस्पतालका प्रसाशन प्रमुख पदम बिडलाले गम्भीर अवस्थामा आएको बिरामीको उपचारको क्रममा मृत्यु हुन पुगेको बताए ।

शल्यक्रिया भएपछि वार्डमा सारिएका बिरामीलाई आफन्तले पानी दिएर सर्किएकोले पनि समस्या आएको अस्पतालको भनाइ छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ