Rumpum Advertisement

रोनाल्डोलाई कोरोना संक्रमण

Neuro Revised Adv
Koshi Dashain ad
रोनाल्डोलाई कोरोना संक्रमण

विराटनगर, २७ असोज । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार पोर्चुगलले विज्ञप्ति जारी गर्दै ३५ वर्षीय रोनाल्डोलाई कोरोना पोजिटिभ देखिएको जनाएको छ ।

विज्ञप्तिमा रोनाल्डोलाई कुनै लक्षण नदेखिएको जनाइएको छ । र, उनी आइसोलेशनमा रहेको पनि जनाइएको छ ।

यूईएफए नेशन्स लिगका लागि पोर्चुगिज टिममा रहेका रोनाल्डोलाई कोरोना पुष्टि भएको हो । कोरोना पोजिटिभ देखिएपछि रोनाल्डो नेशन्स लिग खेल्ने पोर्चुगलको टोलीबाट समेत बाहिरिएका छन् ।

पोर्चुगलले बुधबार राति स्वीडेनसँग खेल्दैछ ।

अब रोनाल्डो कमसेकम अक्टोबर २३ सम्म आइसोलेशनमा बस्नेछन् । युभेन्टसले २८ अक्टाेबरमा बार्सिलोनासँग खेल्दैछ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ