Rumpum Advertisement

कोशी कोभिड उपचार केन्द्रमा प्लाज्मा थेरापी सेवा सुरु

Neuro Revised Adv
Koshi Dashain ad
कोशी कोभिड उपचार केन्द्रमा प्लाज्मा थेरापी सेवा सुरु

विराटनगर, २७ असोज । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आज (मंगलरबार) देखि प्लाज्मा थेरापी सेवा सुरु गरिएको छ ।

कोरोना भाइरसका कडा बिरामीका लागि आजदेखि प्लाज्मा थेरापी सेवा सुरु गरिएको हो ।

सेवा शुभारम्भ गर्दै कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले प्लाज्मा दान गरेका छन् ।

प्रदेश सरकारले कोभिड अस्पतालमा सेवाहरू थप गर्दै लगेको छ ।

अस्पतालमा आईसियु, भेन्टिलेटर र आईसोलेसन गरी ८० वटा शैय्या अहिले सञ्चालनमा रहेको व्यवस्थापक बस्नेतले बताए ।

कोभिड अस्पतालमा लक्षणसहितका संक्रमितको उपचार हुने गरेको छ । अस्पतालबाट आजसम्म ४६१ जना डिस्चार्ज भएका छन् । ६२ जना अहिले उपचाररत रहेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ