Rumpum Advertisement

६४ वर्षीया वृद्धाको आँखामा कोरोना भाइरस भेटियो

Neuro Revised Adv
Koshi Dashain ad
६४ वर्षीया वृद्धाको आँखामा कोरोना भाइरस भेटियो

विराटनगर, २७ असोज । निको भएको दुई महिनापछि एक ६४ वर्षीय वृद्धाको आँखामा कोरोना भाइरस फेला परेको ।

फेब्रुअरीको सुरुमा संक्रमित भएकी ती वृद्धा १८ दिनको अस्पताल बसाईपछि निको भएर घर फर्किएकी थिइन् ।

डिस्चार्ज भएको ८ दिनपछि उनको दुवै आँखामा पीडा हुन थाल्यो । डाक्टरका अनुसार ती वृद्धाले तीव्र ग्लुकोमा अट्याक सामना गरिरहेकी थिइन् ।

फ्लुइड राम्रोसँग निकास हुन नपाउँदा ग्लुकोमा अट्याक हुन्छ, जसले गर्दा आँखाको चाप चाँडै बढ्छ ।

औषधिले काम नगर्ने भएपछि उनको मार्चमा दुइटै आँखा र अप्रिलमा दाहिने आँखामा शल्यक्रिया गर्नुपरेको थियो ।

चीनको वुहानमा रहेको सेन्ट्रल थियेटर कमाण्डको जनरल अस्पतालका अनुसार ती वृद्धाको आँखाको टिशू नमूनामा भाइरल प्रोटिनको प्रमाण देखिएको थियो ।

पोजिटिभ आएको दुई महिनापछि उनको आँखामा एसीइ २ रिसेप्टर्स भेटिएको थियो ।

अघिल्लो अनुसन्धानमा आँखाले एसीइ २ रिसेप्टर्सहरू उत्पादन गर्दछ, जसले भाइरसलाई मानव कोशिकामा प्रवेश गर्न र संक्रमण गर्नको लागि अंगलाई प्रमुख लक्ष्य बनाउँछ ।

आँखाको सतहमा मात्र नभइ भाइरस आँसुको भित्र पनि फेला परेको छ, जसले रोगलाई सार्न मद्दत गरेको हुन सक्छ ।

अध्ययनले कोभिडका १२ प्रतिशत बिरामीमा किन आँखा रातो हुने तथा सुन्निने समस्या देखिन सक्ने कुरालाई बुझाएको छ ।

अध्ययनको नतिजाको आधारमा, फोक्सोको बाहेक आँखा पनि भाइरल संक्रमणको लागि लक्षित अंगहरूमध्ये एक भएको अध्ययनका लेखकले जनाएका छन् ।

सन् २०२० को ३१ जनवरीमा ६४ वर्षीय वृद्धमा अस्पताल भर्ना हुनुभन्दा पहिले ५ दिनसम्म सुक्खा खोकी र ९ दिनमा पखाला लागेको थियो ।

स्वाब टेस्ट गरेपछि संक्रमित भएको पत्ता लागेपनि अस्पतालमा बस्दा श्वासप्रश्वास वा आँखाको कुनै गम्भीर लक्षण उनीमा देखिएको थिएन ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ