Rumpum Advertisement

एलपी ग्यास सिलिण्डरको धरौटी मूल्य २१ सय रुपैयाँ

Neuro Revised Adv
Koshi Dashain ad
एलपी ग्यास सिलिण्डरको धरौटी मूल्य २१ सय रुपैयाँ

काठमाडाैं, २७ असाेज । नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यासको धरौटी मूल्य तोकेको छ । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले एलपी ग्यासको धरौटी रकमलाई देशैभर एकरुपता ल्याउने उद्देश्यले प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ मूल्य तोकिएको बताए ।

यो दर उच्च पहाडी र हिमाली क्षेत्रबाहेकका स्थानमा लागू हुने पनि उनले बताए ।

एकै प्रकारको सिलिण्डरको दर कति हो भन्ने विषयमा एकरुपता ल्याउनको लागि पनि प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ तोकिनु उपभोक्ताका लागि ठीक भएको बताए ।

संघले तोकेको भन्दा बढी रकम लिएमा गैरकानूनी हुने पनि उनले बताए ।

अहिलेसम्म उपभोक्तासँग भएका सिलिण्डरको हकमा भने आफूले खरिद गरेको पसलबाट बिल लिनुपर्ने पनि अध्यक्ष भण्डारीले स्पष्ट पारे ।

उपभोक्ताकर्मी माधव तिमिल्सिनाले पनि विगतमा एकै प्रकारको सिलिण्डरको मूल्य फरकफरक तिर्नुपर्ने परिपाटीको अन्त्य गर्ने गरी सिलिण्डरको मूल्य तोकिनु उपभोक्ताको दृष्टिकोणले ठीक भएको बताए ।

तर विगतमा किनिएका करोडौंको संख्यामा रहेका सिलिण्डरको बिल उपभोक्तासँग नभएकाले न्यायोचित ढंगले बिल दिने व्यवस्था मिलाउनुपर्ने उनले बताए ।

अहिलेसम्म बिक्री भएका सिलिण्डरको बिल कसले दिने हो भन्ने सम्बन्धमा नेपाल एलपी ग्यास उद्योगसँगले समन्वयकारी भूमिका खेल्नुपर्ने तिमिल्सिनाले बताए ।

संघको गत शुक्रबार बसेको साधारणसभाले सिलिण्डरको धरौटी तोकेको हो । तर यसअघि उपभोक्ताको घरमा पुगेका सिलिण्डरको हकमा कसरी बिल जारी गर्ने भन्ने सम्बन्धमा भने कुनै निर्णय गरेन ।

यसबाट उद्योगको सम्पत्तिको रूपमा रहने सिलिण्डरको विभिन्न दायित्व आम उपभोक्ताले नै बेहोर्नुपर्ने स्थिति आउने सम्भावना देखिन्छ ।  

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ