Rumpum Advertisement

‘जातको प्रश्न’ का कारण विवादमा तानिए राजेश हमाल

Neuro Revised Adv
Koshi Dashain ad
‘जातको प्रश्न’ का कारण विवादमा तानिए राजेश हमाल

विराटनगर, २७ असोज । अभिनेता राजेश हमाल विवादमा तानिएका छन् । हमालले सञ्जालन गर्दै आइरहेको कार्यक्रम ‘जातको प्रश्न’ का कारण उनी विवादमा तानिएका हुन् ।

कार्यक्रमको विरोध जनाउँदै राष्ट्रिय एकता अभियानको अगुवाइमा काठमाडौंको भीमसेन गोलामा हिन्दू समर्थकले हमालको पुत्ला जलाएका छन् ।

समता फाउन्डेसनले कान्तिपुर टेलीभिजनबाट प्रसारण गर्दै आएको ‘जातको प्रश्न’ ‘क्रिश्चियन एड नेपाल’को लगानीमा बनेको हो ।

‘जातको प्रश्न’ नेपाली समाजको विभेद र छुवाछुतको अन्त्य गर्नका लागि भन्दै सुरु भएको थियो ।

तर, क्रिस्चियनको लगानीमा बनेको कार्यक्रम हिन्दूबिरोधी भएको भन्दै चारैतिर बिरोध हुन थालेको छ ।

अभियानका संयोजक विनय यादवका अनुसार हमालले कार्यक्रम मार्फत नेपाली हिन्दू समाजको बदनाम गरिरहेको हुँदा कार्यक्रम तत्काल बन्द गराउनुपर्ने हिन्दू समर्थकले माग गरेका छन् ।

तर, कार्यक्रमले कुनै निश्चित जात, धर्म, लिंग तथा क्षेत्रप्रति पूर्वाग्रह नराखेको भन्दै समता फाउन्डेसनले एक विज्ञप्ति जारी गरेको छ ।