Rumpum Advertisement

सुनसरीमा ३४४ सहित प्रदेशमा थपिए ४१९ कोरोना संक्रमित

Neuro Revised Adv
Koshi Dashain ad
सुनसरीमा ३४४ सहित प्रदेशमा थपिए ४१९ कोरोना संक्रमित

विराटनगर, २७ असोज । प्रदेश १ मा मंगलबार थप ४१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा ३४४, मोरङमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जना रहेका
छन् ।

८१ महिला र १३० पुरुष गरी सुनसरीको धरानमा २११ जनामा संक्रमण देखिएको छ । यस्तै इटहरीमा ११९ र इनरुवामा १४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा ३१, रतुवामाईमा १२, बुढीगंगामा ७, कटहरीमा २, सुन्दरहरैँचा, मिक्लाजुङ, धनपालथान र लेटाङमा १–१, झापाको दमकमा ५, बिर्तामोड र गौरादहमा १–१, उदयपुरको बेलकामा ३, रौतामाईमा २ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा १, स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरी भोजपुरको षडानन्द, पाँचथरको कुम्बायक र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ११ हजार १७० पुगेको छ ।

यस्तै प्रदेश १ मा आज १९ जना डिस्चार्ज भए कोरोनामुक्त हुनेको संख्या ४ हजार ८७३ पुगेको छ । आज मेची अस्पतालबाट ८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट ४–४, धाइजन आइसोलेशन केन्द्रबाट २ र होम आइसोलेशनबाट १ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज १ हजार २३६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५५ महिला र २६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ३९ हजार ९२८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।