Rumpum Advertisement

एल क्लासिको : २४ अक्टोबरमा जिदान र कोइम्यानको पहिलो भेट

Neuro Revised Adv
Koshi Dashain ad
एल क्लासिको : २४ अक्टोबरमा जिदान र कोइम्यानको पहिलो भेट

विराटनगर, २७ असोज । स्पेनिस क्लबद्वय बार्सिलोना र रियल मड्रिडबीचको एल क्लासिको २४ अक्टोबरमा हुँदैछ । सिजनको पहिलो एल क्लासिको बार्सिलोनाको मैदान क्याप नोउमा २४ अक्टोबर शनिबार साँझ ७:४५ बजे हुने भएको हो ।

ला लिगाअन्तर्गत हुने यस खेलमा जिनेदिन जिदान र रोनाल्ड कोइम्यानले पहिलो पटक भेट गर्दैछन् । यसै समरमा बार्सिलोनाको प्रशिक्षक बनेका कोइम्यानले जिदानसँग पहिलो भेट गर्ने भएका हुन् ।

अघिल्लो सिजनको पहिलो एल क्लासिको गोलरहित बराबरीमा सकिएको थियो । अनेस्टो भाल्भेर्डे नेतृत्त्वको बार्सिलोना आफ्नै मैदानमा गोलरहित बराबरीमा रोकिएको थियो ।

दोस्रो एल क्लासिकोमा रियलले २–० गोलको जित दर्ता गरेको थियो । सान्टियागो बर्नाबेउमा भएको खेलमा भिनिसियस जुनियर र मारियानो डियाजले गोल गरेका थिए ।

आउँदो एल क्लासिकोमा बार्सिलोनाका गोलरक्षक मार्क आन्द्रे टर स्टेगनले खेल्ने सम्भावना कम छ । यता, रियलबाट इडेन हाजार्डले उपस्थित हुन सक्नेमा शंका उत्पन्न छ । तथापि, हाजार्ड एल क्लासिको खेल्नेमा आफू आशावादी रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ