Rumpum Advertisement

रोड्रिगोलाई ‘नयाँ नेयमार’ बन्ने इच्छा छैन

Neuro Ad
Koshi Dashain ad
रोड्रिगोलाई ‘नयाँ नेयमार’ बन्ने इच्छा छैन

विराटनगर, २७ असोज । ब्राजिलियन स्टार रोड्रिगोले आफूलाई ‘नयाँ नेयमार’ बन्ने चाहना नभएको बताएका छन् ।

रियल मड्रिडका फरवार्ड रोड्रिगोले विश्वकप छनौटअन्तर्गत पेरुसँगको खेल खेल्नुअघि पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

२०१९ मा ब्राजिलियन क्लब सान्टोसबाट रियल आएका उनी एक चर्चित युवा फुटबलरमध्ये एक हुन् । १२ वर्षको उमेरमा नै नाइकेसँग हस्ताक्षर गर्दै सो कम्पनीसँग जोडिने सबैभन्दा कान्छा खेलाडी बनेसँगै उनलाई नेयमारसँग तुलना गरिँदै आएको थियो ।

तर, उनले भने आफू नेयमार बन्न नचाहेको खुलाएका छन् । ‘करिअरको सुरुआतदेखि नै जब मैले सान्टोसबाट खेल्न थालेँ, उनीहरूले त्यतिकै मलाई नयाँ नेयमार बनाइदिए । त्यो साँच्चै धेरै थियो, म नयाँ नेयमार चाहन्नँ,’ उनले भने ।

‘मैले सधैं भन्दै आएको छु कि म रोड्रिगो नै बन्न चाहन्छु र आफ्नो कथा बनाउन चाहन्छु । रोबिन्हो र नेयमार सान्टोसमा रहँदाका मेरा आइडलहरू हुन्, जहाँ उनीहरूले पनि खेलेका थिए,’ उनले भने ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ