Rumpum Advertisement

कांग्रेसले भन्यो ‘कोरोना नियन्त्रणमा सरकारको काम प्रभावकारी भएन, १५ दिनभित्र हजार शैय्याको अस्पताल बनाऊ’

Neuro Revised Adv
Koshi Dashain ad
कांग्रेसले भन्यो ‘कोरोना नियन्त्रणमा सरकारको काम प्रभावकारी भएन, १५ दिनभित्र हजार शैय्याको अस्पताल बनाऊ’

विराटनगर, २७ असोज । प्रदेश १ को प्रतिपक्ष दल नेपाली कांग्रेसले मुख्यमन्त्रिको प्रतिबद्धताअनुसार १५ दिनभित्र विराटनगरमा एक हजार शैय्याको कोभिड अस्पताल निर्माण गर्न माग गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गर्दै कोभिड अस्पताल निर्माण गर्न माग गरेको हो । साउनको अन्तिम साता प्रदेश १ का मुख्यमन्त्रि शेरधन राईले एक महिनाभित्र विराटनगरमा एक हजार शैय्याको भेन्टिलेटरयुक्त अस्पताल निर्माण गर्ने प्रतिबद्धता जनाए पनि पूरा नगरेको नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए । सरकारी कार्यक्रम, समारोह, हाटबजार, गुद्री र शहरमा कतै पनि स्वास्थ्य प्रोटोकलको पालना नभएको उनले बताए ।

कांग्रेसले कोरोना संक्रमण तीव्र गतिले फैलिरहेको र नागरिकहरुले न्यूनतम उपचार सेवासमेत नपाएर घरमै ज्यान गुमाइरहेको सचेतक कार्कीले बताए । यसरी नागरिकले ज्यान गुमाइरहँदा सरकारमा मानवीय संवेदना नदेखिएको कांग्रेसको आरोप छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले कोरोना महामारीका बेला सरकार र राज्यका निकायहरु निरिह बनिरहँदा अनाहकमा ज्यान गुमाइरहेको आरोप लागाए । प्रदेश १ सरकार चैत्र महिनामा केही जवाफदेही देखिए पनि त्यसपछि एक्लै हिँड्न थालेको र अहिले पनि सरकारले प्रतिपक्षसँग कुनै छलफल नगर्ने, सुझावप्रति ध्यान नदिने क्रियाकलाप गर्दै आएको उनले अनुभव सुनाए ।

मन्त्रीहरुले फोन नउठाउने, मन्त्रालयका जिम्मेवार कर्मचारीले विषयलाई गम्भीरतापूर्वक नलिनाले समस्या थप जटिल बन्दै गएको बताए । संकटको समयमा जनसरोकारको विषयमा छलफल गर्न नपाएको भन्दै नेता कोइरालाले संसदको विशेष अधिवेशन बोलाउन छलफल चलिरहेको बताए ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा प्रयोग भएका ८ मध्ये ५ विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा प्रयोग भएका ५ मध्ये २ भेन्टिलेटर बिग्रिएको अवस्थामा रहेको प्रमुख सचेतक कार्कीले जानकारी दिए ।

निजी अस्पतालहरुसँग पनि भेन्टिलेटर र आईसीयू पर्याप्त नरहेको भन्दै कार्कीले समन्वय र सहकार्य गरेर नागरिकको उपचार प्रक्रिया सहज बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सचेतक सूयर्माराज राईले प्रदेशसभाको विषेश अधिवेशन डाक्न सरकारसँग माग गरे । कार्यक्रममा प्रदेश संसदका लेखा सतिति सभापति शिवनाराय गनगाईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ