Rumpum Advertisement

काठमाडौं उपत्यकामा आज २१ सय २९ जनालाई कोरोना पुष्टि

Neuro Ad
काठमाडौं उपत्यकामा आज २१ सय २९ जनालाई कोरोना पुष्टि

काठमाडौं, २७ असोज । काठमाडौं उपत्यकामा मंगलबार थप २१ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २१ सय २९ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका १७ सय ४६ जना, भक्तपुरका १६७ जना र ललितपुरका २१६ जना रहेका छन् ।

आज थप ३५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ ।

आज थप १५ सय ३ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै कोरोना जित्नेको संख्या ७८ हजार ७८० पुगेको छ । यससँगै कोरोना जित्नेको संख्या ७८ हजार ७८० पुगेको छ । कुल संक्रमितमध्ये ६८.३ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयले जनाएकाे छ ।

मंगलबार १८ जनाकाे ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ६६३ पुगेकाे छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ