Rumpum Advertisement

पछिल्लो २४ घण्टामा १८ संक्रमितको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
पछिल्लो २४ घण्टामा १८ संक्रमितको मृत्यु

विराटनगर, २७ असोज । नेपालमा मंगलबार थप १८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा आज थप १८ जनाले कोरोनाबाट ज्यान गुमाएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको छ ।

आज थप ३५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ ।

आज थप १५ सय ३ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै कोरोना जित्नेको संख्या ७८ हजार ७८० पुगेको छ । यससँगै कोरोना जित्नेको संख्या ७८ हजार ७८० पुगेको छ । कुल संक्रमितमध्ये ६८.३ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ