Rumpum Advertisement

आज ३५ सय ५६ जनालाई कोरोना संक्रमण पुष्टि

Neuro Revised Adv
Koshi Dashain ad
आज ३५ सय ५६ जनालाई कोरोना संक्रमण पुष्टि

विराटनगर, २७ असोज । नेपालमा मंगलबार थप ३५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १५ हजार ५७७ जनाको परीक्षणमा थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि जानकारी दिएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ ।

आज थप १५ सय ३ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै कोरोना जित्नेको संख्या ७८ हजार ७८० पुगेको छ । यससँगै कोरोना जित्नेको संख्या ७८ हजार ७८० पुगेको छ । कुल संक्रमितमध्ये ६८.३ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयले जनाएकाे छ ।

मंगलबार १८ जनाकाे ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ६६३ पुगेकाे छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ