Rumpum Advertisement

मंगलबार १५ सय ३ संक्रमित निको भए

Neuro Revised Adv
Koshi Dashain ad
मंगलबार १५ सय ३ संक्रमित निको भए

विराटनगर, २७ असोज । नेपालमा मंगलबार थप १५ सय ३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप १५ सय ३ जना कोरोनामुक्त भएको जानकारी दिएको छ ।

यससँगै कोरोना जित्नेको संख्या ७८ हजार ७८० पुगेको छ । कुल संक्रमितमध्ये ६८.३ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयले जनाएकाे छ ।

आज थप ३५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ ।

मंगलबार १८ जनाकाे ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ६६३ पुगेकाे छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ