Rumpum Advertisement

घरमै सजिलोसँग अक्सिजनको स्तर नाप्न पल्स अक्सिमिटर

Neuro Revised Adv
Koshi Dashain ad
घरमै सजिलोसँग अक्सिजनको स्तर नाप्न पल्स अक्सिमिटर

विराटनगर, २७ असोज । स्वास्थ्य विज्ञहरूले मानिसलाई कोभिड संक्रमित भएमा बिरामीमा अक्सिजनको स्तर कम हुने बताउँदै आएका छन् ।

होम आइसोलेसन बसेका संक्रमितलाई अस्किजनको गति नाप्न पल्स अक्सिमिटर किन्न सल्लाह दिन थालिएको छ । पल्स अक्सिमिटरले घरमै अक्सिजन स्तर निगरानी गर्न र अवस्था गम्भीर हुनुअगाडि नै पहिचान गरी उपचार प्राप्त गर्न मद्दत गर्छ । पल्स अक्सिमिटर एक सरल उपकरण हो, जसले रगतमा अक्सिजनको मात्राको गणना गर्छ । यो एक सानो उपकरण हो, जुन क्लिप जस्तो देखिन्छ ।

औंलाभित्र राखेर क्लिप थिचेको केही सेकेन्डमा यसले नतिजा दिन्छ । अक्सिमेटरले औंलाका केशिकामा प्रकाश पठाएर काम गर्छ । नतिजाले संतृप्त रगतको प्रतिशत देखाउँछ, जसलाई एडपिओ २ स्तर भनिन्छ । यी अक्सिमेटरले मुटुको दर पनि देखाउँछ । प्रायः स्वस्थ व्यक्तिमा सामान्य अक्सिजनको स्तर ९५ देखि १०० प्रतिशत बीचमा हुन्छ । ९० वा सोभन्दा तल आएमा तुरून्त डाक्टरसँग सल्लाह गर्नुपर्छ ।

स्वास्थ्य अवस्थाको आधारमा कति पटकसम्म अक्सिजन स्तर जाँच गर्नुपर्ने डाक्टरले बताउनेछन् । सामान्यतया, दिनको दुई पटक, हरेक घण्टा वा स्वास्थ्य स्थितिको आधारमा अक्सिजन स्तर जाँच गर्न सकिन्छ । पल्स अक्सिमिटरले ९८ प्रतिशत सही परिणाम दिन्छ । यसको मतलब अक्सिमिटरद्वारा देखाइएको रिडिङमा रगतमा अक्सिजनको स्तर २ प्रतिशत मात्र माथि वा तल हुन सक्छ ।

केही बाहिरी कारक, जस्तै: अत्यधिक चिसो मौसममा वा गाढा नङ पालिस लगाएमा अक्सिमिटरको रिडिङलाई असर गर्न वा गलत रिडिङ आउन सक्छ । अक्सिमिटर प्रयोग गर्नुअघि नङ पालिस हटाउन सल्लाह दिइन्छ । अक्सिजन स्तर जाँच हर्न प्रायजसो चोर औंला प्रयोग गरिन्छ । तर, दाहिने हातको प्रयोग गर्नेहरूले दाहिने र बायाँ हातको प्रयोग गर्नेहरूले बायाँ हातको बीचको औंलामा रिडिङ लिनु पर्छ ।

प्रतिक्रिया

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ