Rumpum Advertisement

समाचार प्रस्तोताविरुद्ध अदालतमा मुद्दा दायर गर्दै बलिउडका तीन खान

Neuro Revised Adv
Koshi Dashain ad
समाचार प्रस्तोताविरुद्ध अदालतमा मुद्दा दायर गर्दै बलिउडका तीन खान

विराटनगर, २७ असोज । बलिउडका चर्चित तीन खान र ठूला निर्माता कम्पनीहरूले केही भारतीय सञ्चारमाध्यमविरुद्ध अदालतमा मुद्दा हालेका छन् ।

शाहरुख खान, आमिर खान तथा सलमान खानसहितका ३४ निर्माता र फिल्म उद्योगसम्बद्ध चारवटा संघले दुईवटा च्यानल र तिनका चार समाचार प्रस्तोताविरुद्ध गैरजिम्मेवार रिपोर्टिङ गरेको भन्दै अदालतमा मुद्दा दायर गरेका हुन् । उक्त मुद्दा रिपब्लिक टीभी र त्यसका प्रस्तोता अर्णव गोस्वामी, प्रदीप भण्डारी, टाइम्स नाउ टीभी र त्यहाँका प्रस्तोता राहुल शिवशंकर र नविका कुमारविरुद्ध मुद्दा हालिएको हो ।

सम्पूर्ण बलिउडलाई अपराधीको संज्ञा दिने, सबै दुव्र्यसनी भएजस्तो प्रचार गर्ने र जनमानसमाझ बलिउडसँग जोडिनु भनेको आपराधिक कार्य गर्नुजस्तो गरी व्यवहार गरेर बलिवुडका सदस्यहरूको प्रतिष्ठामा अपुरणीय क्षति पुगेको मुद्दामामा उल्लेख गरिएको छ ।

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडका ठूला निर्माण कम्पनी, स्टार कलाकारका विरुद्ध मिडियामा अपमानजनक तरिकाले रिपोर्टहरू प्रस्तुत भएका थिए । अनवरत रिपोर्टिङ गरेका कारण केही कलकारको करियरमा समेत नकारात्मक असर परेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ