Rumpum Advertisement

जर्मनीलाई स्वीट्जरल्याण्डको चुनौती

Neuro Revised Adv
Koshi Dashain ad
जर्मनीलाई स्वीट्जरल्याण्डको चुनौती

विराटनगर, २७ असोज । यूईएफए नेशन्स लिगमा आज जर्मनी र स्वीट्जरल्याण्डले खेल्दैछन् । समूह चरणको चौथो खेलमा जर्मनी र स्वीट्जरल्याण्डले खेल्न लागेका हुन् ।

जर्मनीको मैदानमा हुने यो खेल नेपाली समयानुसार राति १२ः३० बजे सुरु हुनेछ । जसमा, जर्मनी दोस्रो जितको खोजीमा हुनेछ । लिग ‘ए’ समूह चारमा रहेको जर्मनी ५ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।

उसले पहिलो खेलमा स्पेनसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा स्वीट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो । यस्तै तेस्रो खेलमा भने उसले युक्रेनलाई २–१ ले हराएको थियो ।

यता, स्वीट्जरल्याण्ड भने पहिलो जितको खोजीमा छ । उसले दुई खेलमा पराजय ब्यहोरेको थियो भने एक खेलमा बराबरी खेलेको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ