Rumpum Advertisement

सरकारलाई किरणको प्रश्न : सुटिङ गर्न खुल्ने रंगशाला फुटबलका लागि किन बन्द ?

Neuro Revised Adv
Koshi Dashain ad
सरकारलाई किरणको प्रश्न : सुटिङ गर्न खुल्ने रंगशाला फुटबलका लागि किन बन्द ?

काठमाडौं, २७ असोज । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले स्वास्थ्यसम्बन्धी मापदण्ड बनाएर खेलकुद गतिविधि सुचारु गर्न माग गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय खेलकुद परिषद (राखेप) र सरकारलाई खुला पत्र लेख्दै किरणले खेलकुद गतिविधि सुचारु गर्न माग गरेका हुन् ।

साथै किरणले खेलकुद गतिविधिका लागि बन्द गरिएको रंगशाला फिल्म र म्युजिक भिडियोका लागि खोलिनु दुःखद भएको जनाएका छन् । खेलाडीको मर्म नबुझ्ने व्यक्ति खेलकुदको सम्बन्धित निकायमा बस्नुको अर्थ नहुने बताउँदै सुटिङको लागि खुला हुने रंगशाला फुटबलका लागि किन बन्द भनेर प्रश्नसमेत गरेका छन् ।

‘म नेपाली राष्ट्रिय टोलीको तर्फबाट कप्तान किरण चेम्जोङ आफ्नो व्यक्तिगततर्फबाट र एन्फाको तर्फबाट सरकारलाई के सम्झाउन चाहन्छु भने फुटबल मात्रै नभएर सम्पूर्ण खेलकुद सबै मापदण्ड पूरा गरी पूर्ण सुचारु गर्न अनुरोध गर्दछु । खेलकुदको र खेलाडीको मर्म नै नबुझे सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो र ?’, उनले लेखेका छन् ।

‘खेलाडीचाहिँ सधैं काठमाडौंको धुलोमा तपाईंहरूचाहिँ चिल्लो गाडीमा ? यतिका महिना खेलाडी र खेलकुद कुन दूर्दसामा छ । तर, यसमा चासोको विषय नबनाएको देख्दा फुटबलमा भविस्य खोज्ने भाइबैनीहरूमा कतिको असर परेको छ भन्ने कुरा खुलस्त रूपमा देख्न सकिन्छ । सम्पूर्ण देशमा फुटबल सुरु भइसक्दा पनि हाम्रो देशमा खेलकुदको विषयमा बोलिदिने मान्छे भएन । खेलाडीका लागि मात्र होइन खेलकुदका लागि पनि बोलिदिने मान्छे भएन,’ उनले लेखेका छन् ।

‘सबै देशमा फुटबल सुरु भइसक्दा पनि हाम्रो देशमा खेलमैदानको लागि दुःखद घडीमा बनाएको रंगशालामा फिलिमको सुटिङ र म्युजिक भिडियोको लागि प्रवेश खुला हुने । फुटबलका लागि खेल्नचाहिँ किन नहुने ? फुटबलले देशका लागि त्यति ठूलो असर पार्छ र ? आखिर कहिलेसम्म नेपाली फुटबलको लोकदोहोरी फेसबुकमा हेरेर बस्ने हामीले नेपाली ?’, उनले फेसबुकमा लेखेका छन् ।

आदरणीय राष्ट्रिय खेलकुद परिस तथा समानिय सरकार जिउलाई मेरो सानो खुला पत्र लेखन चाहन्छु …

Posted by Kiran Chemjong on Monday, October 12, 2020

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ