Rumpum Advertisement

मृगौला डाइलसिस गर्दैगर्दा विराटमा संक्रमितको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
मृगौला डाइलसिस गर्दैगर्दा विराटमा संक्रमितको मृत्यु

विराटनगर, २७ असोज । मृगौलाको डाइलसिस गराउँदै गर्दा विराटनगरका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराट मेडिकल कलेजमा छ दिनदेखि उपचाररत विराटनगर महानगरपालिका–७ का ४५ वर्षीय संक्रमित पुरुषको ११ः२० बजेतिर मृत्यु भएको हो ।

आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार डाइलसिस गराउँदा–गराउँदै उनको मृत्यु भएको हो ।
उनका अनुसार पीसीआर रिपोर्ट पोजेटिभ आएपछि असोज २१ गते राति उपचारका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएका पुरुषमा मृगौलाको पुरानै समस्या थियो ।

समस्या थपिएपछि आइसोलेसनमै मृगौलाको डाइलासिस गर्दागर्दै संक्रमितको मृत्यु भएको जानकारी देवले दिए । उनका अनुसार मृतकको मृगौलाको नियमित डाइलासिस हुँदै आएको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ