Rumpum Advertisement

जोन्सन एन्ड जोन्सनले रोक्यो कोरोनाको खोप परीक्षण

Neuro Revised Adv
Koshi Dashain ad
जोन्सन एन्ड जोन्सनले रोक्यो कोरोनाको खोप परीक्षण

विराटनगर, २७ असोज । औषधि निर्माता कम्पनी जोन्सन एन्ड जोन्सनले कोरोना भाइरसविरुद्धको खोपको परीक्षण तत्कालका लागि स्थगित गरिएको छ ।

मानव परीक्षणमा सहभागी जनाएर खोप लगाएका एक व्यक्ति बिरामी भएपछि तत्कालका लागि क्लिनिकल परीक्षण रोकिएको भन्दै कम्पनीले विज्ञप्ति जारी गरेको हो । जोनसन र जोन्सनको जानसेन भ्याक्सिन आर्मले विकास गरेको खोपले देखाएको अज्ञात समस्या के हो भनेर जानकारी गराएको छैन । क्लिनिकल परीक्षणमा गर्नुको कारणमध्ये एक खोपको खतरनाक साइड इफेक्टको छ कि छैन भनेर पत्ता लगाउनु हो ।

ठूला ट्रायलमा यस्तो हुनु सामान्य मानिन्छ । परीक्षणमा समावेश व्यक्तिलाई अस्पताल भर्ना गर्दा उनको रोगको कारण तत्काल पत्ता लाग्न नसक्दा ट्रायल रोकिने गरिन्छ । र, डाक्टरको टोलीले देखिएको समस्या वा रोग खोपसँग सम्वन्धित रहेको वा संयोग मात्र रहेको भनेर बुझ्नका लागि जाँच्ने गर्छन् । यो परीक्षणमा ६० हजार मानिस सामेल हुनसक्ने बताइएको थियो । जोन्सन एन्ड जोन्सनले कोरोना खोपको परीक्षण कहिलेसम्मका लागि रोकेको हो भन्ने कुरा भने खुलाएको छैन ।

यसअघि एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले संयुक्तरुपमा विकास गरिरहेको खोप परीक्षणमा एक बिरामी भेटिएपछि परीक्षण रोकिएको थियो । सो परीक्षण बेलायतमा पुनः सुरु भए पनि अमेरिकामा भने सुरु हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ