Rumpum Advertisement

विराट र कोशीमा तीन संक्रमितको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
विराट र कोशीमा तीन संक्रमितको मृत्यु

विराटनगर,२७ असोज । मंगलबार बिहान मोरङमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा एकजना र विराट मेडिकल कलेजमा दुईजनाको मृत्यु भएको हो । मृतक विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र सुन्दरहैचा नगरपालिकाका हुन् ।

बूढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उनको मृत्यु भएको हो । वृद्धमा दमको पुरानै समस्या रहेको उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए ।

मोरङको बुढीगंगा गाउँपालिका–२ टंकिसिनवारीमा रहेको विराट मेडिकल कलेजको आइसोलेसनमा मंगलबार बिहान दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कलेजका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय पुरुष र विराटनगर महानगरपालिका–७ हाटखोलाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

आइसोलेसनमा उपचाररत सुन्दरहैचाका पुरुषको मंगलबार बिहान बिहान ८ः१० बजेतिर मृत्यु भएको हो । मंगलबार ११ः२० मा विराटनगर-७ हाटखोलाका पुरुषको मृत्यु भएको हो ।

विराटनगरका संक्रमितलाई २१ असोजमा विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । मृतकमा मृगौलासम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ