Rumpum Advertisement

विराटनगर हाटखोलाका संक्रमितको विराटमा मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगर हाटखोलाका संक्रमितको विराटमा मृत्यु

विराटनगर, २७ असोज । विराटनगर हाटखोलाका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ७ हाटखोलाका ४५ वर्षीय पुरुषको मंगलबार बिहान ११ः २० मा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि रौनियार थरका पुरुषलाई विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

२१ असोजमा भर्ना गरिएका पुरुषको मंगलबार विहान ११ः२० मा मृृत्यु भएको कलेजको आइसोलेसन इञ्चार्ज सुनिल देवले जानकारी दिए । मृतक पुरुषमा मृगौला सम्बन्धी समस्या रहेको बताइएको छ । यो सँगै कोरोना संक्रमणका कारण विराटनगरमा मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

विराटको आइसोलेसनमा उपचाररत सुन्दरहैचाका पुरुषको मंगलबार बिहान बिहान ८ः१० बजेतिर मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ