Rumpum Advertisement

राजेश, प्रकाश र वर्षाको नृत्यमा ‘मन्जरी’ सार्वजनिक (भिडियोसहित)

Neuro Revised Adv
Koshi Dashain ad
राजेश, प्रकाश र वर्षाको नृत्यमा ‘मन्जरी’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, २७ असोज । महानायक राजेश हमाल अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक प्रकाश पराजुलीको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको ‘मन्जरी’ बोलको लोकदोहोरी गीतमा हमालसहित अभिनेत्री वर्षा सिवाकोटी र प्रकाश सपुतको पनि अभिनय रहेको छ । नवराज पन्तको शब्द रहेको गीतमा पराजुलीलाई गायिका देवी घर्तीले स्वर दिएकी छिन् ।

देवेन्द्र बब्लुको निर्देशनमा तयार भएको गीतमा गायक पराजुलीले संगीत भरेका छन् भने विश्वास नेपालले एरेन्ज र एचबीएन किस्मतले मिक्सिङ गरेका हुन् । मौसम हिमालीको कोरियोग्राफीमा हमाल, वर्षा र प्रकाशले नृत्य गरेका छन् । प्रकाश जिसीले निर्माण गरेको भिडियोलाई कारण चैसिरले छायांकन गरेका हुन् भने प्रविन भट्टको सम्पादन रहेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ