Rumpum Advertisement

अमेरिकी चुुनाव पूूर्वसर्वेक्षण : ट्रम्पभन्दा बाइडेन अगाडि !

Neuro Revised Adv
Koshi Dashain ad
अमेरिकी चुुनाव पूूर्वसर्वेक्षण : ट्रम्पभन्दा बाइडेन अगाडि !

विराटनगर, २७ असोज । कोरोना महामारीका बीच अमेरिकामा ३ नोभेम्बरमा निर्वाचन हुँदैछ । एक महिनापछि हुने निर्वाचनले आगामी चार वर्षका लागि नेतृत्व छनोट गर्नेछ । संयुक्त राज्य अमेरिकाको निर्वाचनले विश्वको नजर खिचिरहेको छ ।

कोरोना महामारीका कारण विश्व नै प्रभावमा परेको समयमा आसन्न निर्वाचनलाई थप चासोका साथ हेरिएको छ ।

सन् २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए । तर आफ्नो पदीय जिम्मेवारी वहन गर्नेक्रममा उनले गरेका धेरै निर्णयहरु विवादास्पद भयो । निर्णय विवादास्पद हुँदा उनले आलोचना खेप्नुपर्‍यो ।

चीनको वुहानबाट सुरुवात भएको कोभिड १९ को संक्रमण जब अमेरिकामा समेत प्रवेश गर्‍यो, यसको प्रभाव अमेरिकी अर्थतन्त्र, स्वास्थ्य, शिक्षा र रोजगारीमा मात्र होइन राजनीतिमा पनि परेको छ ।

२०२० को नोभेम्बरमा सुुरु हुने चुनाव नजिकिँदै गर्दा संक्रमणको दर भयावह स्थितिमा नै छ । अमेरिकी नागरिकहरुमा कोेरोना रोकथामका लागि उनले चालेका कदमहरु असफल भएको भनी आलोचना भएको छ । अलोचनाकाबीच उनले चुनावी प्रचारप्रसार अभियान तीव्र बनाएका छन् ।

आसन्न राष्ट्रपति निर्वाचनका लागि ट्रम्पको विपक्षी उम्मेदवार जो बाइडेन छन् । उनले ४७ औं उपराष्ट्रपतिको रुपमा सन् २००९ देखि २०१७ सम्म आफ्नो पदीय जिम्मेवारी निर्वाह गरे । उनी डेमोक्रेटिक पार्टीका तर्फवाट नोभेम्भर ३ मा हुने चुुनावको निम्ति उम्मेदवारको रुपमा खडा भएका हुन् ।

दुवै पार्टीका उम्मेदवारहरु आ–आफ्नो चुनावी एजेन्डा लिएर आमनेसामने भएका छन् । यस चुनावी अभियानमा ट्रम्प र बाइडेनका पक्षधरहरुको बीचमा विभाजन हुन थालेको छ ।

चुुनाव प्रचारप्रसार र बहसको बीचमा अक्टोबर पहिलो साता ट्रम्पमा देखिएको कोभिड १९ संक्रमणको कारण अब आउने मत परिणाममा फरक पार्न सक्ने अडकलवाजी हुन थालेको छ ।

कस्तो छ मत सर्वेक्षण ?

चुुनाव आउने मिति एक महिनाभन्दा पनि कम हुँदा जो बाइडेनले मतदातामा आफ्नो पकड डोनाल्ड ट्रम्पले भन्दा बलियो बनाएको प्रारम्भिक नतिजाले देखाउन थालेको छ । समाचार संस्था सीएनएनले गरेको प्रारम्भिक सर्वेक्षणअनुसार ५७% बाइडेनको पक्षमा रहेको र ४३% ट्रम्पको पक्षमा थियो ।

प्रारम्भिक प्रक्षेपणमा दुवै उम्मेदवारले गरेको बहस र ट्रम्पलाई कोरोना भाइरस संक्रमण भएको समाचार बाहिरिएपछिको विवरण हो । बाइडेडनको अग्रता हुँदाहुँदै पनि ह्वाइट हाउसले निर्वाचन नतिजा आफ्नो पक्षमा ल्याउन भरपुर प्रयोग गर्नेछ ।

२०१६ मा भएको प्रारम्भिक प्रक्षेपणलाई हेर्दा हिलारीभन्दा ट्रम्पले ३० लाख मत कम पाएका थिए । तर निर्वाचनमा उनले बहुमत प्राप्त गरे । प्रारम्भिक नतिजाको आधारमा मत कसको पक्षमा हुन्छ भनी किटान गर्न कठिन हुने जानकारहरु बताउँछन् ।

ट्रम्पको पक्ष कमजोर

प्रारम्भिक सर्वेक्षणमा ट्रम्पको पक्षमा भन्दा बाइडेनको पक्षमा भएका धेरै देखिएका छन् । ५९ प्रतिशत जनताहरुले बाइडेन अहिले देखिएको संक्रमणलाई नियन्त्रण गर्न सक्ने आशा राखेका छन् । स्वास्थ्य सेवाहरुमा बृहत सुधार हुने, जातीयताको मुद्दाहरु समाधान हुने, हत्या न्यूनिकरण भई मानिस पूर्ण सुरक्षित रहन पाउने आसमा बाइडेनसँग बहुसंख्यक अमेरिकी नागरिक विश्वस्त छन् ।

अमेरिकी नागरिकले उनीमाथि हेर्ने दृष्टिकोण पहिलेको तुलनामा फेरिएको छ र उनले जनताबाट राम्रो समर्थन पाएको बताइन्छ । उनीहरुको बीचमा भएको पहिलो बहसले बाइडेनलाई निक्कै फाइदा पुुगेको देखिन्छ । पहिलो बहसपछि ट्रम्पका विपक्षी उम्मेदवारले राम्रो समर्थन प्राप्त गरेका थिए ।

पहिलो बहस हेर्ने ५७ प्रतिशत मतदाताले बाइडेनले राम्रो प्रस्तुुति गरेको प्रतिक्रिया दिएका थिए । त्यसरी नै २६ प्रतिशतले मात्र ट्रम्पले राम्रो गरेको प्रतिक्रिया दिएका थिए । संवेक्षणमा ६४ प्रतिशत मतदाताले प्रतिक्रिया दिए कि ट्रम्पले सेतो जाति समूहलाई खण्डन गर्ने पर्याप्त काम गरेनन्, तर अझ युवाहरुलाई सशक्त खडा हुन आव्हान गरे । ‘तपाईको निम्ति लड्दै’ भन्ने चुुनावी नाराका साथ ट्रम्प आए पनि पछिल्लो समय उनले गरका काम आलोचित भएका छन् ।

को हुन् ट्रम्प र बाइडेन ?

डोनाल्ड ट्रम्प ४५ औं अमेरिकी राष्ट्रपति हुन् । उनी न्यूयोर्कको क्विन्स शहरमा जन्मिए थिए । उनले दुई वर्षसम्म फोर्डहम विश्वविद्यालयमा अध्ययन गरे र पेन्सिलभेनिया विश्वविद्यालयको वार्टन स्कुलबाट अर्थशास्त्रमा स्नातक गरे ।

१९७१ मा आफ्नै बुबाले सुरुवात गरेको व्यवसायका अध्यक्ष भए । ठूृला महलहरु बनाउने, क्यासिनो, होटल तथा अन्य ठूला व्यावसाय सञ्चालन गर्न थाले । उनले सञ्चलान गरेको व्यवसाय चार हजारभन्दा बढी शहरहरुमा छन् । उनी रिपब्लिक पार्टीका तर्फबाट २०१६ मा हिलारी क्लिन्टनलाई हराउँदै राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

जो बाइडेन अमेरिकी नेता हुन् । उनले ४७ औं उपराष्ट्रपतिको रुपमा २००९ देखि २०१७ सम्म सेवा गरे । उनी डेमोक्रेटिक पार्टीका सदस्य हुन् । डेलेवरमा सेनेटरको रुपमा १९७३ देखि २००९ सम्म काम गरेका थिए ।

उनी पेन्सिलभेनियाको स्क्राटन भन्ने शहरमा हुर्किए । कानुन विषयमा डिग्री हासिल गर्नुपूर्व उनी डेलेवरको विश्वविद्यालयमा अध्ययनरत थिए ।

उनले १९९१ मा भएको गल्फ युद्धको विरोध गरे र नेटो गठबन्धनको विस्तारमा सहयोग पु¥याएका थिए । उनले राष्ट्रसेवकको रुपमा देशको महत्वपूर्ण निर्णयहरुमा योगदान पुुर्‍याएका छन् ।
एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ