Rumpum Advertisement

मरेको अवस्थामा चितुवा भेटियो

Neuro Revised Adv
Koshi Dashain ad
मरेको अवस्थामा चितुवा भेटियो

तनहुँ, २७ असोज । तनहुँमा एक चितुवा मृतावस्थामा फेला परेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ अमारेगाउँमा मृतावस्थामा चितुवा फेला परेको हो । भाले चितुवा मृतावस्थामा फेला परेको डिभिजन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए ।

विगत एक वर्षको अवधिमा तनहुँका विभिन्न स्थानमा सातवटा चितुवा मृत फेला परेका छन् ।

डिभिजन वन कार्यालयका अनुसार भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–९ बाइसजाँगर, भानु नगरपालिका–७ बगैचागाउँ, भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–७ वसन्तपुर र व्यास नगरपालिका–५ पतेनीमा चितुवा मृतावस्थामा फेला परेको थियो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ