Rumpum Advertisement

बलात्कार प्रयास गर्ने एक पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
बलात्कार प्रयास गर्ने एक पक्राउ

सिरहा, २७ असोज । नाबालिकालाई जबर्जस्ती करणीको प्रयासको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव रहेको प्रहरीले जनाएको छ ।

स्थानीय पाँच वर्षीया नाबालिकालाई आँपको बगैंचामा लगेर यादवले जबर्जस्ती करणी गर्न खोज्दा निज बालिकाले धकेली भागेको प्रहरीले जनाएको छ ।

पीडित नाबालिकाका परिवारजनले दिएकोे जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको सिरहा प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले जानकारी दिए ।