Rumpum Advertisement

चिकित्सकमा कोरोना संक्रमण, अस्पतालका सेवा बन्द

Neuro Revised Adv
Koshi Dashain ad
चिकित्सकमा कोरोना संक्रमण, अस्पतालका सेवा बन्द

सिरहा, २७ असोज । सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालका एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।

अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ ।

अस्पतालको आकस्मिक सेवा निर्मलीकरण गरेर सेवा सञ्चालन गरिने सूचनामा उल्लेख छ ।

अस्पतालका अन्य केही कर्मचारीमा समेत कोरोना संक्रमणको लक्षण देखिएकाले पीसीआर रिपोर्ट नआएसम्म अस्पतालका आकस्मिक सेवाबाहेक अन्य सेवा अर्को सूचना नआएसम्म बन्द रहने अस्पतालका प्रमुख सुनिलप्रसाद कुशवाहाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ